काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले ११ माघमा हुने राष्ट्रिय सभा तथा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार आयोगमा पुगेर दल दर्ता गराएका हुन्। शनिबार मात्रै कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने निर्णय गरेको थियो।

नेकपा एमालेल भने निर्वाचन आयोगमा पुगेर निर्वाचनका लागि दल दर्ता गराएको छैन। उसो त २४ भदौसम्म सत्ता साझेदार बनेको कांग्रेस निर्वाचनमा सहभागी हुनका लागि तम्तयार भइरहँदा एमालेले संसद् पुन:स्थापनाको एजेन्डालाई लिएर अघि बढेको छ। हिजो शनिबार मात्र एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्यो। अहिले सरकार संविधानले नचिन्ने अवैधानिक रहेको र चुनाव गराउन नसक्ने भनेर एमालेले दाबी गर्दै आएको छ।

एमाले अध्यक्ष केपी ओलीले निष्पक्ष निर्वाचनको वातावरण नबनेसम्म चुनाव हुन नसक्ने जिकिर गर्दै आएका छन्। उपमहासचिव प्रदीप ज्ञवालीले पनि निर्वाचनमा जान तयार भए पनि वातावरण निर्माण अनिवार्य भएको प्रतिक्रिया दिएका छन्। आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समयसीमा १० मंसिरसम्म तोकेको छ।

यो पनि…

यस्तो छ कांग्रेस केन्द्रीय कार्यसमित बैठकको निर्णय (पूर्णपाठसहित)