८ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ मा रहेको काँक्रेविहार जंगलमा मृत भेटिएका किशोर-किशोरीको पहिचान खुलेको छ।

‎मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका १०‚ खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

‎‎प्रहरीका अनुसार, आज (सोमबार) बिहान सवा ११ बजे जंगलमा घाँस काट्न गएका स्थानीयले दुवै जनालाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार किशोरीको सनाखत उनका काका राजु चौधरीले र किशोरको सनाखत उनकी फुपू गीता खत्रीले गरेका हुन्। ‎घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।