काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्सविरुद्ध जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभरमा ९४ रनमा अलआउट भयो। सुदूरपश्चिमको जितमा कप्तान ऐरी ब्याटिङ र बलिङ दुवैमा चम्किए। उनले ब्याटिङ गर्दै ३९ रन बनाए भने बलिङतर्फ ४ विकेट लिए।

कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ बनाए भने मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४, गुल्सन झाले १३ रन बतान। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमका लागि कप्तान ऐरीले ४ विकेट लिए भने हर्मित सिंह र अभिनाश बोहराले समान दुई/दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। उसका लागि कप्तान ऐरीले सर्वाधिक ३९ रन बनाए भने आरिफ सेखले २७ रन जोडे।

कर्णालीका लागि कप्तान कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट लिएका थिए।