काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सुर्खेत। सुर्खेतको काँक्रेबिहार जंगलमा दुई युवायुवती मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ पर्ने काँक्रेबिहार जंगलमा युवायुवती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार सोमबार बिहान सवा ११ बजेतिर उनीहरु झुण्डिएको अवस्थाम फेला परेका हुन् । जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको डीएसपी बुढथापाले जानकारी दिए ।

उनीहरुको पहिचान भने खुल्न सकेको छैन । मृत भेटिएका युवकको उमेर करिब २०–२१ वर्ष र युवतीको उमेर १९–२० वर्षको अनुमान गरिएको छ । ‘अहिलेसम्म पहिचान खुलेको छैन, हामी आफन्त खोज्दैछौं ।’ बुढथापाले भने ।

घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बोहोराको कमान्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा पुगेको छ ।