काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

९ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। मन्त्रिपरिषद्को ५ मंसिरको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलले आज (मंगलबार) जंगीअड्डामा आयोजित एक कार्यक्रममा भण्डारीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे।

कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।