काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

९ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराए।

पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताए। सबै कम्युनिस्ट शक्ति एक ठाउँमा उभिनु आजको आवश्यकता भएकाले आफू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको उनको भनाइ छ।

दुलाललाई नेकपाले केन्द्रीय सदस्यका रूपमा मनोनयन गरेको छ। मनोनयनपत्रमा एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको उल्लेख छ। साथै तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने पार्टीले अपेक्षा गरेको छ ।

दुलालको प्रवेशसँगै दोलखामा नेकपाको संगठनात्मक प्रभाव अझै सुदृढ हुने अपेक्षा गरिएको छ।