काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

१० मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

रौतहट। बारामा धान झार्ने कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

महागढीमाई नगरपालिकास्थित इनर्वा चोक नजिकैको भुतही पुलमा सोमबार राति दुर्घटना भएको हो। ठक्करबाट रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया निवासी अन्दाजी २२ वर्षीय रुपेश साह सोनारको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बाराको कोल्हवी नगरपालिका–१ का करिब २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

रुपेशले चलाएको अपाची मोटरसाइकल ठक्करपछिको आगलागीमा जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले बताएको छ।

त्यसैगरी, कम्बाइन मेसिनका चालक घटना पश्चात् फरार रहेका छन् र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।