काठमाडौं। प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र अनिवार्य रूपमा सेवास्थलमा हाजिर हुन निर्देशन जारी गरेको छ।
भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो।
उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरण सार्वजनिक गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयले निर्देशन दिएको हो।
प्रहरीले गैरहाजिरको कारण स्पष्ट खुलाएर सन्तोषजनक स्पष्टीकरण नबुझाए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।