काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

१० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत गएराति बोरुसिया डोर्टमण्डले १० खेलाडीमा सीमित भिल्लारियललाई ४–० ले पराजित गर्दै उत्कृष्ट जित हात पारेको छ।

पहिलो हाफभर गोलरहित बराबरीमा रोकिएको डोर्टमण्डले अतिरिक्त समयमै सेरहु ग्विरासीको गोलमार्फत १–० को अग्रता बनायो।

दोस्रो हाफमा जुआन फोएथ ५२ औँ मिनेटमा रातो कार्ड पाएपछि भिल्लारियल थप दबाबमा पर्‍यो।

संख्या घटेको भिल्लारियलविरुद्ध डोर्टमण्डले लगातार आक्रमण जारी राख्दै तीन गोल थप गर्‍यो।

५४ औँ मिनेटमा ग्विरासीले दोस्रो गोल गरे भने ५८ औँ मिनेटमा करिम अडेयेमीले गोल गर्दै खेललाई एकतर्फी बनाए।

अतिरिक्त समयमा ड्यानियल स्वेन्सले गोल गरेसँगै डोर्टमण्डले खेल ४–० ले आफ्नो पक्षमा टुंग्यायो।