काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ।

उनी विद्रोहको योजना बनाएको र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा दोषी ठहरिएका हुन्।

न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भनेका छन्- “मुद्दाको अन्तिम फैसला आइसकेको छ र अब कुनै पुनरावेदन हुन सक्दैन।”

७० वर्षीय बोल्सोनारोले राजधानी ब्रासिलियाको जेलमा आफ्नो सजाय काट्नेछन्। उनी शनिबारदेखि हिरासतमा रहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

घरमै नजरबन्दमा रहँदा निगरानीका लागि राखिएको मनिटर हटाएपछि उनलाई हिरासतमा लिइएको थियो। पछि उनले मनिटर खोल्ने प्रयास गरेको स्वीकार गरे, तर भाग्ने उनको कुनै मनसाय नभएको बताए।

आफ्नो आदेशमा, न्यायाधीश मोरेसले बोल्सोनारोका लागि पूर्ण-समय चिकित्सा हेरचाहका लागि अनुरोध गरेका छन्। किनकि बोल्सोनारोको चिकित्सा टोलीले उनको स्वास्थ्यबारे चिन् जनाएको थियो।