काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले नेपाल ल क्याम्पसका पूर्वसभापति पक्राउ परेका छन्।

पूर्वसभापति विष्णु ढुंगेललाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ढुंगेल काठमाडौंबाट पक्राउ गरिएको हो।

उनी नेकपा माओवादी केन्द्रबाट स्ववियू सभापति बनेका थिए। उक्त पार्टी अहिले नेपाल कम्युनिस्ट पार्टी बनेको छ। जेन-जी आन्दोलनका क्रममा २४ भदौमा ढुंगेल सर्वोच्च अदालतमा देखिएका थिए।

यसअघि प्रहरीले अदालत जलाएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो।