काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१० मंसिर २०८२
जनकपुर बोल्ट्सले बिहीबार आमाको सम्मानमा लगाउने जर्सी सार्वजनिक गर्ने कार्यक्रममा खेलाडीहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले बिहीबारको खेलमा आमा विशेष जर्सी लगाउने भएको छ। आमाहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो नामको सट्टा जनकपुरका खेलाडीले आमाको नाम भएको जर्सी लगाउने भएका हुन्।

खेलपछि ती जर्सी लिलाम गरेर उठेको पैसा आमा समूहलाई सहयोग गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। जनकपुर बोल्ट्सले हरेक वर्ष यस प्रकारको काम गर्ने बताएको छ।

जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबार लगाउने जर्सी पनि सार्वजनिक भएको छ।