खिचिक्क
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन-जी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले आज (बुधबार) प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा प्रदर्शन गरेको छ।
वर्तमान सरकार जेन-जीको भावनाविपरीत अघि बढ्न खोजेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ उनीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले प्रधानमन्त्री राजीनामा देऊ, जेनजीका माग पूरा गर, दोषीलाई कारबाही गरलगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए।
प्रधानमन्त्री निवासको गेटबाहिर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई हटाएको थियो। त्यस क्रममा ढुंगानाले जेन-जी आन्दोलनको मर्मविपरीत सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएकाले आफूहरु विरोधमा उत्रिएको बताए। उनले आफूहरुले अघि सारेको नौबुँदे मागमा सम्बोधन नभएसम्म विरोध जारी रहने बताए।
उनीहरुले हिजो मंगलबार भने सिंहदरबार आसपास प्रदर्शन गरेका थिए। तर प्रहरीले उनीहरुलाई धकेल्दै बिजुलीबजार पुल कटाएको थियो।
हेर्नुहोस् थप तस्बिर :
