काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। लिच्छविकालदेखि नै व्यापारका लागि चर्चित असन इन्द्रचोक क्षेत्र मल्लकालसम्म आइपुग्दा दक्षिणमा भारत र उत्तरमा तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र रूप स्थापित भएको थियो।

असन-इन्द्रचोक क्षेत्र दिनको समयमा जति गुल्जार बन्छ, बिहान र साँझको समयमा पनि त्यस्तै रहने गर्दछ।

असनदेखि इन्द्रचोकसम्मको करिब दुई सय मिटरको दूरीमा विभिन्न भाँडाकुँडा, लत्ताकपडा लगायत नुनदेखि सुनसम्म पाइने गर्दछ। त्यसैले त यो क्षेत्र विभिन्न चाडपर्वमा किनमेल गर्न आउनेहरूको निकै बाक्लो भीड लाग्ने गर्दछ।

बिहानको समयमा भने अधिकांश हरिया सागसब्जी, विभिन्न तरकारी, फलफूल लगायत तात्तातो सेल रोटी सम्म किन्न र खाना पाइन्छ।
बिहानी समयको व्यापारलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले समयसीमा निर्धारण गरेको छ।

लामो समय देखि इन्द्रचोक क्षेत्रमा बिहानको समयमा तरकारी बिक्री गर्दै आएका श्रीराम रायमाझीका अनुसार एक वर्ष अगाडी सम्म ९ बजे सम्म व्यापार गर्न पाइन्थ्यो पनि अहिले भने समय घटाएर ८ बजे सम्म मात्र व्यापार गर्न पाइने नियम लागू भएको बताए।

जाडोयाम सुरु भएको छ, मानिसहरू ७ देखि ७:३० तिर मात्र किनमेल गर्न आउँछन्, र ८ बजे त पसल उठाइसक्नुपर्छ, जसले गर्दा राम्रोसँग व्यापार गर्न नपाएको उनको भनाइ छ।

काठमाडौँमा सहरीकरणसँगै विभिन्न सपिङ मल र व्यापारिक कम्प्लेक्स थपिएका छन् तर पनि असन इन्द्रचोक क्षेत्रमा भने यसको खासै प्रभाव देखिँदैन, यस क्षेत्रमा बिहान देखि साँझसम्मै ग्राहकको भिड लाग्ने गर्दछ। असन इन्द्रचोक बजारमा आमग्राहकले खोजेको सामान सहजै पाइने हुनाले पनि यो सधैं गुल्जार हुने गरेको छ।

अधिकांश व्यापारीको भनाइमा बिहान व्यापार गर्ने समय केही थप गरिदिए बिक्रीका लागि ल्याइएको सामग्री फिर्ता लग्नुपर्दैनथ्यो।

अहिले व्यापारको समय ८ बजेसम्म निर्धारण गरिए पनि ७:४५ देखि नै नगरप्रहरी पसल उठाउन सिठी बजाउँदै आउने व्यापारीहरूले बताए।