काठमाडौं। साताको चौथो कारोबार दिन आज (बुधबार) पनि सेयर बजार बढेको छ। यो साता नेप्से लगातार बढिरहेको छ। आइतबार ३९.९२‚ सोमबार ५०.४४ तथा मंगलबार ५.३२ अंकले बढेको नेप्से बुधबार पनि ९.६१ अंकले बढ्यो। ०.३६ प्रतिशतले बढेको नेप्से २६६५.६० विन्दुमा कायम छ।
आज ३२२ कम्पनीको ९१ हजार ६०५ पटकको कारोबारमा एक करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर किनबेच भए। जसमा आज ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैयाँबराबरको कारोबार भयो।
नेप्सेमा आज पाँचवटा समूहका सूचक घटे भने बाँकी आठवटा समूहका सूचक बढे। बुधबार १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको घट्यो। साथै ११ कम्पनीका सेयर मूल्य स्थिर रहे।
आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार २१५ रुपैयाँको सेयर कारोबार भएको छ । जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता १९३५ रुपैयाँ रह्यो।
