काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विराटनगरले टस जितेर बलिङ रोजेको हो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ। कुशल मल्लको नेतृत्वमा रहेको चितवन दुई खेलबाट दुई अंकका साथ तालिकाको चौथो स्थानमा छ।

विराटनगर लगातार चौथो खेल जित्दै प्ले अफमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने दाउमा छ। यसअघि एकमा हार र एकमा जित निकालेको चितवन आजको खेल जितेर विराटनगरको अपराजित यात्रामा विराम लगाउने योजनामा छ।