काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाएकी छन्।
जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जानकारी दिए।
यसअघि प्रधानमन्त्री कार्कीले २० जना सचिवालय बनाएर काम गरेकी थिइन्। पछिल्लोपटक सचिवालयमा निकटवर्तीलाई नियुक्त दिएको विषय बाहिरिएपछि विवाद भएको थियो। साथै प्रधानमन्त्रीमाथि जेन-जी अगुवाहरूले पनि दबाब बढाएपछि सचिवालयको संख्यामा कटौती गरिएको हो।
