काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

खिचिक्क

१० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज बुंगमतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ। मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुंगमती राखिने चलनअनुसार आज तःबहाल ल्याइएको हो।

विशेष साइतअनुसार बुंगमती गएर पूजापाठ र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात् पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित बाजागाजा गरेर खटमा बोकेर पाटन ल्याइएको हो।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए। यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी।