काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

बाढीका कारण २० लाखभन्दा बढी मानिस प्रभावित

१० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। थाइल्यान्डको दक्षिणी क्षेत्रमा आएको बाढीले ३३ जनाको मृत्यु भएको छ। बाढीका कारण थाइल्यान्डका १० वटा प्रान्तमा प्रभावित बनेका छन्।

मलेसियासँग सीमा जोडिएको हात येई सहरमा ३०० सय वर्षयता एकै दिन सबैभन्दा धेरै (३‚३५० मिलिमिटर) पानी परेको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीमा समाचार छ।

देशभर गरेर २० लाखभन्दा धेरै मानिस बाढीबा प्रभावित बनेका छन् । ठुलो जनसंख्या सम्पर्कविहीन रहेको तथा उद्धार पुर्याउन कठिन भइरहेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ। थाइल्यान्डको सेनाले हवाईजहाज र डुंगा बोकेर उद्धार खटिएका छन् । साथै उनीहरुले खाद्यान्न बोकेर विभिन्न क्षेत्रतर्फ लागेका छन् ।

वर्षा र बाढीको प्रभाव भियतनाम र मलेसियामा पनि देखिएको छ । भियतनाममा ९८ जनाको मृत्यु भएको छ । त्यस्तै मलेसियामा १९ हजारभन्दा धेरै घरबारविहीन बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन्। -बीबीसी