काठमाडौँ। गृह मन्त्रालयले एक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र दुई सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।
मन्त्रालयका अनुसार अछामका प्रजिअ विष्णुप्रसाद कोइरालालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सरुवा गरिएको छ।
यस्तै दाङका सहायक प्रजिअ यज्ञबहादुर बुढा र डडेल्धुराका सहायक प्रजिअ सावित्रा पुनको पनि सरुवा भएको छ। बुढालाई अछाम सरुवा गरिएको छ भने पुनलाई दाङ सरुवा गरिएको मन्त्रालयले जनाएको छ।