काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

११ मंसिर २०८२
अ+
अ-

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ । अजमान खेल मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित निकालेको थियो ।

आज खेलमा पनि नेपाल लगातार दोस्रो जितेको खोजीमा छ । चौध टोलीबीच चार समूहमा विभाजन गरी भइरहेको प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये  पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।