काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

११ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेकी छन्।

सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो मुलुक सबै मिलेर बनाउनुपर्ने भएकाले यतिखेर निर्वाचनको राष्ट्रिय अनुष्ठानमा सहभागी हुन आग्रह गरिन्।

अहिलेको सरकारसँग धेरै पक्षका धेरै अपेक्षा भए पनि आफूहरु जेन-जी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उनले बताएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।

सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी २१ फागुनको निर्वाचन सहज ढंगले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरे। प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको थियो।