काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ मंसिर २०८२
कृष्णबहादुर महरा।
अ+
अ-

काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महराले २० लाख रुपैयाँ धरौटी बुझाएर आज (बिहीबार) थुनामुक्त भएका छन्।

उच्च अदालत पाटनले उनलाई २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो। न्यायाधीशहरु अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामै राख्नुनपर्ने आदेश गरेको हो।

उनले जिल्ला अदालत काठमाडौँमा २० लाख रुपैयाँ नगद बुझाएको सूचना अधिकारी दीपक श्रेष्ठले नेपालन्युजलाई जानकारी दिए। उनका अनुसार अब महरा मुद्दाको टुंगो नलाग्दासम्म तारिखमा रहनेछन्।

काठमाडौं जिल्ला अदालतले गत २९ असोजमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध उनी उच्च अदालत गएका थिए।

महरालाई भन्सार छलेर ल्याएको भेप (इलेक्ट्रिक चुरोट) भित्र रहेको सुन जाँच पास गरिदिन भन्सारमा फोन गरेकै कारण संगठित अपराधमा पक्राउ गरी मुद्दा दर्ता गरिएको थियो।

यो पनि…

कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश

सुन तस्करीको आरोपमा पक्राउ परेका महरालाई संगठित अपराधमा आठ करोड ५५ लाख रुपैयाँ बिगोका आधारमा साढे सात वर्ष कैद माग गर्दै मुद्दा दर्ता गरिएको छ। उनका छोरा रेशम महरा (राहुल) लाई भेप छुटाउन सघाएका थिए।

उनले प्रमुख भन्सार अधिकृतलाई फोन गरेका थिए। साथै चिनियाँ नागरिक दावाजिन बाडसँग पनि पटकपटक फोन सम्पर्क गरेको भेटिएको थियो। त्यसकै आधारमा उनलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको हो। मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।