काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

११ मंसिर २०८२
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। कीर्तिपुरमा जारि नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बिहीबार) भएको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई २५ रनले हराएको छ।

आजको हार जनकपुरका लागि तेस्रो पराजय हो भने पोखराको पहिलो जित हो। टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन जोडेको थियो। जनकपुर बोल्ट्सले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ९ विकेट गुमाउदै १३० रन मात्र जोड्न सक्यो।

जनकपुरका लागि वाइर्ने पर्नेले अर्धशतकीय पारी खेले। उनले ३८ बलमा ५० रन पूरा गरे। लफ्टी इटन २ र सदाकत २० रनमा आउट भए। सदाकतले १४ बल खेली १ चौका र २ छक्का प्रहार गरे।

कप्तान अनिल साहले १ रन मात्र जोड्न सके। विपिनले मयन यादवलाई ४ रनमा आउट गरी उत्कृष्ट बलिङ गरे। सञ्जय कृष्णमुर्थीले २३ रन बनाए। रुपेश सिंह १२ बलमा ७ रन बनाए। वायन पार्नेलले ५० रन बनाए। उनी अन्तिम ओभरमा ‘रिटायर्ड आउट’ भए। ललित राजवंशी १० रनमा अविजित रहे।

विपिनबाहेक पोखराबाट सुमितले २ तथा कप्तान कुशल भुर्तेल र निसमले १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। पोखराका एडम रोसिङटन र दिनेश खरेलले पहिलो विकेटमा ६१ रन जोडे। देव्रेहाते स्पिनर कृष्णमुर्थीले पोखराका कप्तान कुशल भुर्तेललाई पहिलो बलमै बोल्ड गरे।

रोसिङटनले १७ बल खेली २४ रन बनाए। अर्का ओपनर दिनेशले ३८ बलमा ३८ रन बनाए। निसम १ रनमै आउट भए। बर्मा र तृतराज दासले पाँचौँ विकेटमा ७२ रनको साझेदारी गरे। ड्यान डाउथवेट ३ बलमा १ छक्कासँगै ७ बनाए। बर्माले अविजित ५० रन बनाए।

कृष्णमुर्थीले जनकपुरबाट ३ विकेट लिए। ललित राजवंशीले २ र कप्तान अनिल साहले १ विकेट लिए।

यो पनि…

आमाको सम्मानमा जनकपुर बोल्ट्सको जर्सी [फोटो फिचर]