काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्नका लागि अनुमति दिएका छन्।

सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले निर्वाचनको प्रयोजनका लागि निर्वाचनमा परिचालनका लागि स्वीकृति दिएका हुन् ।

मन्त्रिपरिषद्‌को ८ मंसिरमा बसेको बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यसअघि ४ मंसिरमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्ने निर्णय गर्न मन्त्रिपरिषद्‌मा पठाएको थियो।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

राजनीतिक दलहरुले प्रहरीको मनोबल खस्किएको अवस्थामा निर्वाचनमा जान नसकिने अभिव्यक्ति दिइरहेका बेला सेना परिचालन गर्ने तय भएको हो।