हङकङ। हङकङको ताइ पो जिल्लास्थित एक अपार्टमेन्टमा लागेको भीषण आगलागीमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार अझै पनि करिब ३०० जना बेपत्ता छन्।
बुधबारदेखि ताई पो जिल्लामा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको हङकङका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
अग्निनियन्त्रकहरुले हरेक फ्ल्याटका कोठा–कोठामा पुगेर अवस्था जाँच गरिने बताएका छन्।आगो लाग्दा आवासिय कम्प्लेक्समा कतिजना घरभित्रै थिए भन्ने अझै स्पष्ट छैन। पछिल्लो जनगणना रिपोर्टअनुसार झन्डै ४ हजार ६ सय मानिसहरु यस अपार्टमेन्टमा बस्ने गरेका थिए।
आगोको कारणबारे प्रश्नहरू उठिरहेका छन्। आगो कसरी सुरु भयो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ।
यसैबीच एक स्थानीय बासिन्दाले यो दुर्घटना रोक्न सकिन्थ्यो भन्दै भवनको सुरक्षा कमजोरीप्रति आक्रोश व्यक्त गरेका छन्।