काठमाडौं। भारत -नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ।
टोलीको खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज अन्सारी छन्।
अफिसियलमा रामबहादुर कुँवर र छुल्टिम शेर्पा छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेपकी सदस्य अन्जना श्रेष्ठले आज बिदाइ गरे।