काठमाडौँ। वर्षा हुनेबित्तिकै हिलो र अव्यवस्थित हुने कुनेश्वर फलफूल बजार अब भने व्यवस्थित हुने भएको छ।
काठमाडौं महानरपालिकाकाले कुलेश्वर फलफूल बजार क्षेत्रमा अहिले ढलान (कन्क्रिट) गर्ने काम अगाडी बढाएको छ।
सामान्यतया हिलाम्मे हुने यो फलफूल बजार वर्षाको समयमा त झन् हिँड्न समेत नमिले अवस्थाको सिर्जना हुने गर्दथ्यो।
बजारको यस्तो बिग्रिएको अवस्थाले थोक व्यापारीदेखि उपभोक्तासम्म सबैलाई लामो समयसम्म कारोबार गर्न कठिन बनाइरहेको थियो।
व्यापारीहरूका अनुसार, संगठित बजार संरचना नहुनु र कमजोर ढल निकास प्रणालीका कारण यस्ता समस्या हरेक वर्षाको समयमा दोहोरिने र त्यसका साथ बागमती नदीको बाढीले फलफूल बजारमा ठूलो क्षति समेत पुर्याउने गरेकोमा अहिले ढलानसँगै अवस्था सहज हुने अपेक्षा गरिएको छ।