काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

१२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज (शुक्रबार) धनगढीमा सन्देश सभा गर्दै छ।

पार्टीले देशका विभिन्न प्रदेशमा सन्देश सभा गर्ने योजना बनाएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १० भन्दा बढी वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि एकताको सन्देश दिन प्रदेशमा सन्देश सभा गर्न लागिएको हो।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत धनगढीमा आज हुने कार्यक्रममा सहभागी हुने छन्।

सातै प्रदेशमा सन्देश सभा गर्न लागेको यो पार्टीले आज सुरुवात सुदूरपश्चिमबाट गर्न लागेको हो। लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुने पार्टीले जनाएको छ ।