काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जीत दर्ता गराएको छ।

साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले  पराजित पराजित गर्दै पोखराले प्रतियोगितामा खाता खोलेको हो। दुई हारपछि पहिलो जीत दर्ता गराएको पोखराले पहिलो दुई अङ्कसमेत जोडेको छ।

जितपछि  सञ्चारकर्मीसँग कुरा गर्दै पोखराका खेलाडी विपिन खत्रीले आजको खेलले टिमको मनोबल बढेको बताए। उनले भने, “सुरूआती दुई खेल हार्दा डर लागेको थियो। आज पहिलो जीत निकाल्दा टिमको मनोबल बढेको छ।”

टिमलाई जिताउन व्यक्तिगत रूपमा ४ विकेट हात पारेका विपिनले आगामी खेलमा पनि सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे। उनले भने, “अझै चार खेल बाँकी छन्। ती खेलहरू जितेर प्लेअफको यात्रामा सुरक्षित हुने हाम्रो लक्ष्य छ।”

तेस्रो खेलमा पनि पराजित भए पनि जनकपुरका कप्तान अनिल शाह भने अझै प्लेअफमा पुग्नेमा आशावादी छन्। लगातारको हारले टिमको मनोबल घटेको छ। उनले भने, “अझै चार खेल बाँकी छन्, सबै खेल जितेर प्लेअफ पुग्ने लक्ष्य छ।”