काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ मंसिर २०८२
फाइल फोटो
अ+
अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ देशबाट अमेरिका आएका आप्रवासीहरूलाई जारी गरिएका ग्रीन कार्डहरूको पुनरावलोकन गर्ने घोषणा गरेको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस) का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पले हरेक आप्रवासीको आवास अनुमति कडाइका साथ फेरि परीक्षण गर्न निर्देशन दिएको बताए।

बीबीसीले उल्लेख गरेअनुसार सूचीमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान यमन, बुरुन्डी, लाओस, सियरा लियोन, तुर्कमेनिस्तान, टोगो र टर्की समावेश छ।

बुधबार वाशिंगटन डीसीमा दुई राष्ट्रिय गार्डमाथि अफगानी नागरिकले गोली चलाएको आरोप लागेपछि ट्रम्प प्रशासनले यो घोषणा गरेको हो। गोली लागेर एक राष्ट्रिय गार्डको मृत्यु भएको छ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रम अन्तर्गत संदिग्ध रहमानुल्लाह लकनवाल २०२१ मा अमेरिका आएका थिए।