कास्की। काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ।
पोखरा विमानस्थलमा अवतरणका क्रममा नाइन एन-एओसी कलसाइन भएको जहाजमा आज (शनिबार) दिउँसो पौने ४ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेसनका प्रबन्धक गौतम बरालले जानकारी दिए।
चरा ठोक्किँदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चिएको छ। बरालका अनुसार जहाजका सबै यात्रु र चालक दल भने सुरक्षित छन्। जहाजलाई पोखरामा रहेको प्राविधिक टिमले जाँच गरिरहेको पनि बुद्ध एयरले जनाएको छ।
आज काठमाडौंबाट पोखरा उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको छ । उडान संख्या 617, जहाज 9N-AOC का सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् । सो जहाजलाई पोखरास्थित हाम्रो टेक्निकल टिमले चेकजाँच गरिरहेको छ ।
— Buddha Air (@AirBuddha) November 29, 2025