काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

१३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (शनिबार) भएको दोस्रो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले साबिक उपविजेता सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकामा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनायो। जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी इटनले ३९ रनको योगदान गरे।

बलिङमा सुदूरपश्चिमका अविनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए।

तीन खेल खेलेर अंकविहीन अवस्थामा रहेको जनकपुर आज जित निकाल्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ। अङ्क तालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते ‘प्लेअफ’ दौडबाट बाहिरिने सम्भावना छ।

यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अंक तालिकाको पहिलो स्थानमा छ। आजको खेल जितेर सुदूरपश्चिम ‘प्लेअफ’मा स्थान सुरक्षित गर्न चाहन्छ। यसका साथै सुदूरपश्चिम गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदलासमेत लिने दाउमा छ।

आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्ससँग पोखरा एभेन्जर्स ३ विकेटले पराजित भएको थियो।