काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। सवारी दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ।

‎गएराति वीरेन्द्रनगर नगरपालिका-२, को कार्यालयनजिकै आचार्य सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगरको मूलपानीबाट चोकबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।

आचार्य कालिकोटको ताडीस्थित रेडियो तिला आवाजका सञ्चालक तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष हुन्।

‎‎दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।