काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर ईशान पाण्डेले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतक हिर्काएका छन्।
जनकपुर बोल्ट्सविरुद्ध उनले ३३ बलमा आठ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरे।
योसँगै उनी जारी सिजनमा अर्धशतक हिर्काउने १७औँ खेलाडी बनेका छन्। यो अर्धशतकले अर्धशतकको सङ्ख्या २१ पुगेको छ।
यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन्।
यो पनि…
एनपीएल : जनकपुरलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम प्लेअफमा प्रवेश
यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, एडम रोसिङटन, जिमी निशम काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन्।
कर्णालीका मार्क वाटले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन्।