काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। साबिक विजेता जनकपुर वोल्ट्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

त्रिवि रंगशाला कीर्तिपुरमा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाउँदै जित आफ्नो पोल्टामा पारेको हो।

लगातार पाँचौँ जितसँगै सुदूरपश्चिम प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। यता चारै खेलमा पराजित भएको जनकपुरको भने प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ।

सुदूरपश्चिमको जितमा इशान पाण्डेले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ८ चौका र एक छक्का प्रहार गरे। ओपनर विनोद भण्डारी ४२ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १० र हर्मित सिंह २५ रनमा अविजित रहे।

जनकपुरका लागि सन्जय कृष्णमुर्थीले दुई, ललित राजवंशीले एक विकेट लिए। कुनै समय पहिलो बलमा विकेट गुमाएको सुदूरका लागि विनोद र इशानले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको।

जनकपुरका लागि सन्जय कृष्णमुर्थीले ३८ बलमा ५०‚ जान निकोल लफ्टी इटन ३३ बलमा ३९, आदित्य महता १३ बलमा १५ र कप्तान वायन पार्नेलले १४ रन बनाए।

सुदूरपश्चिमका लागि अविनाश बोहोराले सर्वाधिक ४ विकेट लिँदा स्कट कुइगेलिनले तीन तथा कप्तान ऐरीले एक विकेट लिए।

यो पनि…

एनपीएल : पोखरा ३ विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै

तस्बिरमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सको स्पर्धा