काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

१३ मंसिर २०८२
अ+
अ-

दाङ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले २३ र २४ भदौको जेन-जी आन्दोलनले राजनीतिक दलहरूलाई गल्ती सच्याएर अघि बढ्न घचघच्याएको बताएका छन्।

दाङमा शनिबार आयोजित लुम्बिनी स्तरीय एकता सभामा उनले युवापुस्ताको माग र जनताको चाहनाअनुसार बदल्नुपर्ने आवश्यकतालाई आफूहरूले ध्यान दिएको बताए।

“हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ। यो सन्देश सभा आफ्नो कमी-कमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ‚” दाहालले भने‚ “यो आत्मालोचना सभा पनि हो। हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेका हौँ।”

उनले जेन-जी आन्दोलनले विगतमा आफूहरूले गरेको कामलाई समीक्षा गर्न दबाब बढाएको पनि धारणा राखे।