काठमाडौँ। नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ।
आज बसेको प्रेस चौतारी पदाधिकारी बैठकले पूर्वअध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत तथा हालका अध्यक्ष गणेश पाण्डेलाई खुलातर्फ र महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवाल र मीना विश्वकर्मालाई प्रतिनिधि चयन गरेको हो।
यस्तै नेपाल बुद्धिजीवी परिषद्बाट खुलातर्फ गोविन्दबहादुर शाही, सरोजकुमार रेग्मी, पदमबहादुर विक तथा महिलातर्फ सिर्जना घिमिरे र डा. टीका ढकाल पनि सर्वसम्मत चयन भएका छन्।
एमालेले आज महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि चयन गरिरहेको छ। एमाले महाधिवेशन यही २७-२९ मंसिर काठमाडौँमा हुँदै छ।