काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१४ मंसिर २०८२
अ+
अ-

पर्सा। पर्साबाट प्रहरीले गाँजासहित एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहार जिल्ला बेतिया ग्राम मुसहरी पञ्चायत वडा नम्बर १३ का ६५ वर्षीय गामा विन छन्।

विनलाई गाँजा ओसारपसार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साको टोलीले शनिबार राति पक्राउ गरेको हो।

पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार विनले एउटा बोरा पिठ्यूँमा बोकेका थिए भने अर्को टाउकोमा राखेका थिए। पाठकका अनुसार दुवै बोरामा २९ किलो गाँजा फेला परेको थियो।

गाँजा बरामद भएपछि प्रहरीले विनलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालेको छ।