काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१४ मंसिर २०८२
प्रभु बैंकका सीईओ अशोक शेरचन र डेपुटी सीईओ मणिराम पोखरेल
अ+
अ-

काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मणिराम पोखरेल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शेरचन र पोखरेललाई काठमाडौंबाट आइतबार पक्राउ गरेको हो।

दुवै जनालाई केन्द्रीय कार्यालय बिजुलीबजारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए। “सीआईबी टोली अहिले अपरेसनमै छ। अन्य केही व्यक्ति पनि पक्राउ परेको जानकारी छ,” श्रेष्ठले भने।

यसअघि प्रहरीले प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन र लेखा प्रमुख हेमकुमार महाजूलाई पक्राउ गरेको थियो। रेमिट्यान्स कारोबारमा बदमासी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

भट्टचन हाजिरी जमानीमा छुटिसकेका छन्। सोही प्रकरणको अनुसन्धान सिलसिलामा शेरचन र पोखरेल पक्राउ परेको सीआईबी प्रवक्ता श्रेष्ठले बताए।