काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

१४ मंसिर २०८२
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ। काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन्।

रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो।

उनीहरूबीच विभिन्न पाँचवटा बुँदामा सहमति भएको छ। हस्ताक्षरपछि नेताहरुले मञ्चको साइडमा राखेको घण्टी बजाएका थिए।

यो पनि…

तस्बिरमा रास्वपा र विवेकशील साझाको एकता

हेर्नुहोस् थप तस्बिर :