काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ।
काठमाडौंको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममार्फत दुवै दलले एकता घोषणा गरेका हुन्।
असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण भएको रास्वपाका प्रवक्ता मनीष झाको भनाइ छ। विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो।
२०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो। २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो। रास्वपा भने ७ असार २०७९ मा स्थापना भएको हो।
हेरौँ थप तस्बिर :
