काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१४ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। थाइल्यान्डको बैंककदेखि गाँजा लिएर आएका दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

पक्राउ पर्ने दुवैजना नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौँ आएका थिए।

मलेसियाका नागरिक बाचा मुरुगन र श्रीलंकाका नागरिक ३३ वर्षीय मोहम्मद आसन अललदिनलाई चार किलो १२५ ग्राम गाँजासहित प्रहरीले आज (आइतबार) पक्राउ गरेको हो।