काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

१४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक हुने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम राखिएको एमालेले जनाएको छ।

उक्त कार्यक्रममा उपस्थित हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरिएको छ। महाधिवेशनका निम्ति शनिबार देशभर र प्रवासबाट समेत प्रतिनिधि चयन गरिएको छ।

एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ।