काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१५ मंसिर २०८२
अ+
अ-

काठमाडौं। निर्वाचन आयोगमा आगामी चुनावमा सहभागी हुनका लागि चुनाव चिह्न माग्दै १२० वटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन्।

प्रतिनिधिसभामा भाग लिन दल दर्ता गर्न र एकल चुनाव चिह्न माग्दै दलले निवेदन दर्ता गराएका हुन्। दर्ता भएका निवेदनमा जाँचबुझ गरी कानुनअनुसार योग्यता पुगेका दललाई २० गतेसम्ममा स्वीकृति दिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराए। आयोगले १ देखि १४ मंसिरसम्म इच्छुक दलहरुलाई निवेदन माग गरेको थियो।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय आज (सोमबार) स्थापना गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै समानुपातिक निर्वाचन प्रणालीका सबै काम हुने बताएका छन्।

समानुपातिक निर्वाचन सूत्रात्मक पद्धतिबाट कानुनबमोजिम जातीय, भौगोलिक, लैंगिकलगायत समूह छुट्याएर प्रतिनिधि चयन गरिने व्यवस्था छ।

यो पनि…

समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना