काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २६ देखि २८ पुसमा गर्ने निर्णय भएको छ। पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकको सर्वसम्मत निर्णयले महाधिवेशन मिति तय गरेको हो।
कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमै हुने भएको छ। नियमित वा विशेष महाधिवेशन के गर्ने भन्ने विषयमा कांग्रेसमा लामो समयदेखि विवाद थियो।