काठमाडौं। दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज (सोमबार) नेपाल आउँदै छन्।
उनलाई एनपीएलको दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले अनुबन्ध गरेको छ। तर, आबुधाबी टी-१० लिग खेलिरहेको कारण उनी ढिला गरी काठमाडौं आउन लागेका हुन्।
उनी अपरान्ह्र साढे ४ बजे कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका हुन्।
आबुधावी टी-१० लिगमा उनले भिस्टा राइडर्सको कप्तानी गरेका थिए। तर सात खेल खेल्दै भिस्टा तीन जितसहित ६ अंक बटुल्दै सातौं स्थानमा रहेर लिगबाट बाहिरिएको थियो।
लिगमा उनले एक अर्धशतकसहित १३१ रन बनाए। एनपीएलमा विराटनगर प्लेअफनजिक छ। पाँच खेल खेलेको विराटनगरले चार जित निकाल्दै तेस्रो स्थान ओगटेको छ।