काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१५ मंसिर २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १ तारिख । मंसिर शुक्ल पक्षको  एकादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष: मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । पढ्ने लेख्ने काममा नतिजा हात पार्न सकिनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृष: सामाजिक तथा परोपकारी काममा मन जानेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । अरूका लागि बुद्धि खर्चनुपर्ला।

मिथुन: व्यक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा विशेष सावधानि अपनाउनु होला । गरिएकाे कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रेममा धोका हुनसक्छ ।

कर्कट: प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ l अध्ययनलाई निरन्तरता दिन सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

सिंह: आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद, प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । आलस्य तथा थकानको अनुभूति हुनेछ ,न्यून उपलब्धी हासिल हुनेछ l साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

कन्या: परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला: साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। भाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ।

वृश्चिक: लगनशिलताको साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ ।

धनु: व्यापार व्यावसाय फस्टाएर जानेछ । विभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे लाभ लिन सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। शत्रु तथा प्रतिस्पर्धीको चलखेल भने बढ्न सक्छ, सजग रहनुहोला।

मकर: विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । अरूले फाइदा उठाउन सक्छन्, सजग रहनुहाेला। ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

कुम्भ: धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ।

मीन: आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ। अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । मनग्गे लाभ लिन सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् । द्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। चलखेल भने बढ्न सक्छ।