काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ मंसिर २०८२
अ+
अ-

धनगढी। गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने दावी गरेका छन्।

केहि थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न उनको आग्रह छ।

‘सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन हो,’ गृहमन्त्री अर्यालले भने, ‘भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ ।’

अर्यालका अनुसार निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भइसकेको छ । राजनीतिक दललाई निर्बाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण सरकारले बनाइरहेको छ ।

‘यो साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौं । कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन ।’ गृहमन्त्री अर्यालले भने ।

मन्त्री अर्यालले हाल देशभर चार हजार ५५२ कैद बन्दी फरार रहेको र ती मध्ये पनि कर्तव्य ज्यान र जघंन्य अपराधका धेरै न्यून रहेको र कुल ७२७ हात हितयार सरकारले फिर्ता ल्याइसकेको जानकारीसमेत गराएका छन्।