काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ मंसिर २०८२
अ+
अ-

काठमाडौं। डाभिड मलानको सानदार ब्याटिङसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १७७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

चितवनका ओपनर मलानले सर्वाधिक ८० रन बनाए। ५४ बल खेलेका उनले आक्रामक ब्याटिङ गर्दै ४ चौका र ५ छक्का प्रहार गरे। जारी प्रतियोगितामा उनको यो पहिलो अर्धशतक हो।

अर्जुन साउदले उनीसँग पहिलो विकेटका लागि ११२ रनको विशाल साझेदारी गरेका थिए। अर्जुनले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन बनाए।

उनको पनि जारी प्रतियोगितामा पहिलो अर्धशतक हो। कप्तान कुशल मल्लले अविजित ३० रन बनाउँदा अन्यको ब्याट चल्न सकेन।

जनकपुरका अनिलकुमार साह, रुपेश सिंह, जान निकोल लोफ्टी–इटन र माज सदाकतले समान १ विकेट लिए।